आईपीएल: हैदराबादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लियो

काठमाडौं, १८ असोज । मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानमा उक्लिएको छ ।

सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै मुम्बईले शीर्ष स्थानमा कब्जा जमाएको हो ।

मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो ।

हैदरावादको लागि डेभिड वार्नरले ६० रन बनाए पनि जितको लागि पर्याप्त भएन । मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान दुई/-दुई विकेट लिए ।

यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय आठ रन बनाएको थियो ।

यो जितसँगै ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ । हैदराबाद चार अंकसहित छैठौँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here