विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, १९ असोज । अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार सोमबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

यूरो एकको खरिददर १३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८३ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रूपैयाँ ५ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३०९ रुपैयाँ ५३ पैसा र खरिददर ३११ रुपैयाँ १२पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here