कर्मचारीलाई कोरोना देखिएपछि बन्द श्रम स्वीकृति दिने सेवा खुला

काठमाडौं, १९ असोज । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सञ्चालनमा आएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीलाई नै कोरोना संक्रमण देखिएपछि बुधबारदेखि ५ दिनको लागि बन्द गरिएको सेवाहरु सोमबार देखि सुरु भएको हो ।

निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here