अब १ रुपैयाँमा चढ्नुहोस् होण्डाको मोटरसाइकल र स्कुटर

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले दशैंलाई लक्षित गर्दै ‘हर एक नेपालीलाई १ रुपैयाँमा होण्डा’ नामक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १% को ब्याजदरमा खरिद गर्न सक्नेछन् । यो योजना असोज ११ गतेदेखि छठसम्म लागू हुने कम्पनीले जनाएको छ ।

ग्राहकले स्याकार इन्भेष्टमेन्ट सेवा उपलब्ध भएका स्थानहरुमा फाइनान्स योजनामै आकर्षक नगद उपहारका साथै अन्य सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत खरिदकर्ताले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्री बोनस सर्भिसिङ, स्पेयर पार्टस्मा ७ % छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट पाउनेछन् ।

थप जानकारीका लागि ग्राहकले टोल फ्रि नम्बरहरु १६६००१४६६३२ र ९८०१५७११११ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

कोभिड-१९ बाट सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै दशैंको अवसरमा नेपाली माझ खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई नेपाली बजारमा ल्याइएको होण्डाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here