सामान्य अंकले घट्यो नेप्से, २ अर्ब ५७ करोडको कारोबार

काठमाडौं, १९ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन सोमबार सामान्य अंकले घटेको छ ।

नेप्से ३.६३ अंकले घटेर १५८२.१३ बिन्दुमा आइपुगेको छ । यसदिन १९३ कम्पनीको २ अर्ब ५७ करोड ८६ लाख ७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । ९५ लाख १८ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै २७.३९ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ११५.१८ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here