आइपीएल च्याम्पियन मुम्बई इन्डियन्सले कति नगद जित्यो ?

काठमाडौं, ३० वैशाख । इन्डियन प्रिमियर लीग क्रिकेट जगतको सर्वाधिक लोकप्रिय तथा महंगो प्रतियोगिता हो । खासगरी भारतीय धनाढ्य व्यापारी र सेलिब्रटीले क्लवमा लगानी गरी संसारभरका लोकप्रिय खेलाडीलाई आवद्ध गर्न थालेपछि यस खेलले निरन्तर सफलता प्राप्त गर्दै गयो ।

त्यसकारण भनिन्छ, आइपीएल पैसाको लडाई हो ।

आइपीएलको १२ औं संस्करणको उपाधी आइतबार राती मुम्बई इण्डियन्सले उचाल्यो । यससँगै मुम्बई आइपीएल इतिहासकै सर्वाधिक सफल टीम बन्न सफल भयो । उसको नाममा ४ उपाधी प्राप्त भइसकेको छ ।

उपविजेता चेन्नई तीन पटकको विजेता हो । मुम्बईले चेन्नइसमक्ष जीतका लागि १५० रनको लक्ष्य दिएको थियो । तर, चेन्नई १ सय ४८ ओभरमै रोकिएपछि मुम्बईले रोमान्चक एक रनले जीत निकालेको थियो ।

उपाधी विजेतासहित लीगको उत्कृष्ट चार स्थानमा रहने टोलीलाई आयोजकले नगद पुरस्कार प्रदान गर्छ । यस पटकको विजेता मुम्बईले २० करोड भारतीय रुपैयाँ नगद हात पार्यो ।

उपविजेता चेन्नईको नाममा १२ करोड ५० लाख भारु रह्यो । तेस्रो स्थानमा रहने दिल्ली क्यापिटल्स र चौथो स्थानको सनराइजर्स हैदरावादले समान ८ करोड ७५ लाख भारु हात पारे ।

टीमबाहेक खेलाडीले समेत आइपीएलबाट पर्याप्त रकम कमाउँछन् । आफ्नो पारिश्रमिक रकमबाहेक पुरस्कारबाट पनि उनीहरु लखपति बन्छन् ।

यस सिजनको आइपीएलमा सर्वाधिक रन बनाएका अष्टे«लियाका खेलाडी डेभिड वार्नरले १० लाख भारु जिते । सर्वाधिक विकेट लिने दक्षिण अफ्रिकी खेलाडी इमरान ताहिरले समेत ५० लाख भारु हात पारे ।

नेपालका सन्दीप लामिछानेसमेत प्रतिस्पर्धी रहेको इमर्जीङ प्लेयरको उपाधी शुभमन गिलले जिते । उनको पोल्टामा समेत १० लाख भारु पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here