काठमाडौं, २० असोज । हङकङले नेपाल एयरलाइन्सलाई दुई सातासम्म उडान गर्न नदिने भएको छ।
नेपाल एयरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण देखिएसँगै हङकङले दुई हप्ता(अक्टोबर ४ देखि १७) सम्मको प्रतिबन्ध लगाएको हो।
नेपालबाट हङकङ पुगेका संक्रमित चारजना महिला र दुईजना पुरुष रहेका छन्। उनीहरूको उमेर ३० देखि ७२ वर्ष रहेको छ।
उनीहरू सबै अक्टोबर ३ का दिन नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए ४०९९’ मा हङकङ पुगेका द साउथ चाइना पोष्टले आफ्नो समाचारमा उल्लेख गरेको छ।
विदेशबाट नेपाल र नेपालबाट विदेश जानु अघि अनिवार्य कोरोनाको ‘नेगेटिभ’ देखाउनु पर्ने भए पनि नेपालबाट हङकङ गएका ६ जनामा कोरोना संक्रमण रहेको पाइएको थियो। यसैकारण हङकङले नेपाल एयरलाइन्स माथि कारबाही गरेको जनाएको छ ।