क्लासिक लेजेन्डस् मोटरसाइकल नेपाली बजारमा

काठमाडौं । क्लासिक लेजेन्डस् मोटरसाइकल नेपाली बजारमा प्रवेश गरेको छ । क्लासिक लेजेन्ड्सले अग्नि मोटोइन्क प्रालिलाई नेपालका लागि आधिकारिक वितरक–साझेदारका रूपमा नियुक्त गर्दे जावा र जावा फोर्टी टु नेपाली बजारमा भित्रयाएको छ ।

भारतमा प्राप्त गरेको सफलतासँगै कम्पनीले नेपालमा बजार विस्तार गरेको कम्पनीले जनाएको छ । जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकुस्थित शोरुममा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुने बताइएको छ ।

यी दुई मोटरसाइकल कम्प्लिटली बिल्ड युनिट (सीबीयू) प्रविधिमा नेपाल ल्याइने कम्पनीले जनाएको छ ।

जावा मोटरसाइकल सुरुमा काठमाडौंको उत्तरढोका र टेकु स्थित सोरुहरुमा उपलब्ध हुनेछ र नेटवर्क विस्तारै देशभर विस्तार हुनेछ ।

यी मोटरसाइकल कम्प्लिट्ली ब्युल्ड युनिट (सीबीयू) प्रविधिमा​​नेपाल ल्याइने छ । निकट भविष्यमा योजनाबद्ध रुपमा बिक्रीकक्ष काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणघाट, लहान, नेपालगन्ज र बुटवल जस्ता प्रमुख शहरहरूमा पूर्ण रूपमा सञ्चालनमा आएपछि यी शहरहरूका ग्राहकहरूले आफ्नै शहरहरूमा आइकोनिक मोडलका जावा र जावा फोर्र्टी टु गरी दुई मोटरसाइकलहरूको बुकगर्न र टेस्टराईड गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here