झिनो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आकर्षण हाइड्रोको सेयरमा

काठमाडौं, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ४.१७ अंकले बढेर १५८६.२९ विन्दुमा कायम भएको छ ।

यसदिन १९५ कम्पनीको २ अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ । ९९ लाख ४९ हजार ३१७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी६ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ६६.८३ अंकले बढेको छ भने निर्जीवन समूहको परिसूचक ५७.०२ अंकले घटेको छ । १ दर्जनबढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज नेशनल, ङादी पावर, माउनटेन, दिव्यश्वरी हाइड्रोपावर लगायत १४ कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here