चाबहिलको आकाशे पुल उद्घाटन

काठमाडौं, २१ असोज । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन् ।

२३ मिटर लम्बाई र २ मिटर चौडाईको यो आकाशे पुल नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा समेत सार्न सकिन्छ ।

सो पुलको शिलान्यास २०७६ माघ ९ गते गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।

आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको छ ।जय बागेश्वरीमा पनि आकाशे पुल निर्माण शुरू गरिएको छ । उक्त आकाशे पुल निर्माणका लागि भ्याटबाहेक ६४ लाख ९९ हजार ७५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आकाशे पुल स्टिल ट्रसबाट निर्माण हुने काठमाडौं महानगरपालिकाका भौतिक निर्माण शाखा प्रमुख राम थापाले जानकारी दिए । यस पुल निर्माणले जय बागेश्वरीमा हुँदै आएको दुर्घटनाको जोखिम घटाउने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here