काठमाडौं, २२ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३० पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ८० पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।