काठमाडौं । रसियामा निर्मित कोभिड १९ को खोप स्पुतनिक-फाइभलाई भारतले परीक्षणमा रोक लगाएको छ ।
भारतको औषधि नियमन निकायले केन्द्रीय औषधि गुणस्तर तथा नियन्त्रण संस्थाका विज्ञहरुको छलफलपछि ट्रायल परीक्षण गर्न नदिने निर्णय गरेको हो ।
भारतको यो निर्णयले रसियाको भ्याक्सिन परीक्षणको महत्वकांक्षी रफ्तारमा धक्का लागेको छ ।