तीन महिना कमका मुद्दती निक्षेप लिन नपाइने

काठमाडौं ३०, वैशाख । बैंकहरुले तीन महिना भन्दा कम समयावधिको मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । राष्ट्र बैंकले आइतबार उक्त निर्देशन दिएको हो ।

निक्षेप तान्ने प्रतिश्पर्धामा बैंक तथा वित्तीय संस्थाले छोटो अवधिको निक्षेप पनि संकलन गर्न थालेपछि राष्ट्र बैंकले तीन महिनाभन्दा कम अवधिका लागि मुद्दती निक्षेप लिन नपाइने व्यवस्था ल्याएको हो ।

बजारमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले जसरी भए पनि निक्षेप संकलन गर्ने होडमा देखिएका छन् । परिणाम बजारमा विभिन्न किसिमका निक्षेप योजनाहरु सार्वजनिक भएका छन् ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दती बचतको अंश बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार गत फागुनसम्म कुल बचतमा मुद्दतीको अंश ४७.५ प्रतिशत, बचतको ३३.५ र चल्तीको ८.५ प्रतिशत छ ।

गत वर्षको सोही अवधिमा कुन निक्षेपमा मुद्दतीको अंश ४४ प्रतिशत, बचतको ३६.५ र चल्तीको ८.४ प्रतिशत थियो ।

यस्तै, चाहेको समयमा पैसा झिक्न मिल्ने गरी मुद्दती खाता सञ्चालन नगर्न पनि राष्ट्र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केही बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा पनि ग्राहकले चाहेको बेला रकम झिक्न सक्ने सुविधा दिँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here