सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ असोज । नेपाली बजारमा सुन चाँदीको भाउ फेरि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ आज तोलामा ९ सय र चाँदी १५ रुपैयाँ बढेको हो । अघिल्लो दिनको तुलनामा सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । विहिबार सुन तोलामा २ सय रुपैयाँ घटेर ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here