विश्वकप छनोट: अर्जेन्टिनाको संघर्षपूर्ण जित

काठमाडौं, २३ असोज । विश्वकप क्वालिफायर्स अन्तर्गत बिहिबार भएको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि संघर्षपूर्ण जित निकालेको छ। ला बोमबोनेरा स्टेडियममा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाले इक्वेडरमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रबाट यो नै अर्जेन्टिनाको सुखद सुरुवात हो । नेपाल समयअनुसार शुक्रबार बिहान भएको छनौट खेलमा अर्जेन्टिनाले पहिलो रोजाईका खेलाडीहरुलाई उतारेको थियो ।

अर्जेन्टिनाले जित आत्मसात गर्न पेनाल्टी गोलको सहारा लिनुपरेको थियो । कप्तान लिओनल मेसीले पहिलो हाफमा गरेको एक मात्रै पेनाल्टी गोलको मद्दतमा अर्जेन्टिनाले तीन अंक जोड्न सफल भयो ।

‌त्यस्तै, फिफा विश्वकप फुटबलको छनोट चरणकै अर्को खेलमा उरुग्वेले पनि सुखद सुरुवात गरेको छ । फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रमा सुरु भएको छनौट खेलमा उरुग्वेले चिलीमाथि २–१ गोलअन्तरको जित निकाल्न सफल भयो ।

नेपाली समयअनुसार शुक्रबार बिहान भएको छनौट चरणको पहिलो खेलमा उरुग्वेले आफ्नै घरेलु मैदानमा चिलीविरुद्ध ९० मिनेटपछि थपिएको समयको तेस्रो मिनेटमा विजयी गोल गरेको थियो । एक(एक गोलको बराबरीतिर अग्रसर उक्त खेलको अन्तिम समयमा परिवर्तित खेलाडी म्याक्सी गोमेजले विजयी गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here