अपि पावरले कात्तिक १४ देखि हकप्रद सेयर विक्री गर्ने

काठमाडौं, २३ असोज । अपि पावर कम्पनीले आगामी कात्तिक १४ गतेदेखि हकप्रद १००:४७ अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

अपि पावरले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जटाउन हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद निष्काशनका लागि २०७६ चैत १ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। कम्पनीको हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालय, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका र मेरोसेयर मार्फत आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here