विदेशमा नेपाली जुत्ताको माग बढ्दै, दुई महिनामा निर्यात ६.८ प्रतिशतले बढ्यो

काठमाडौं, २३ असोज । नेपाली जुत्ताचप्पलमा आकर्षण बढ्दै गएको छ।

विदेशी उपभोक्ताहरु नेपाली जुत्तामा आकर्षित हुँदै गएका छन्। नेपाली जुत्ता चप्पल सुविधाजनक र गुणस्तर हुने भएकाले स्वदेशी तथा विदेशी उपभोक्ता आकर्षित हुँदै गएका हुन्।

पछिल्लो समय स्वदेशीहरुमा पनि नेपाली जुत्तामा आकर्षण बढ्दै गएपछि ‘विस्तारै आयात घटी निर्यात हुने क्रम बढेको छ ।

चाल आर्थिक बर्षको पहिलो दुई महिनामा जुताको निर्यात ६.८ प्रतिशतले बढेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

गत आवको पहिलो दुई महिनामा ९ करोड ५८ लाख ९७ हजार रुपैयाँको चुता निर्यात भएको थियो । अहिले करिब ७ प्रतिशत बढी अर्थात् रु १० करोड ४१ लाख ८६ हजार रुपैयाँको जुत्ता निर्यात भएको छ ।

गत आवमा भने रु ७८ करोड ६३ लाख १७ हजार रुपैैयाँको जुत्ता निर्यात भएको थियो ।

तथ्यांकअनुसार नेपालदेखि जुत्ताको निर्यात बढ्दै गएको देखिन्छ । बिशेषगरि नेपालदेखि भारत, अमेरिका, भुटान, जापान, कतार, स्वीजरल्यान्ड, अष्ट्रेलिया लगायतका मुलुकमा तयारी जुत्ताहरु निर्यात हुने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here