विश्वभर एकै दिन ३ लाख ५२ हजार बढी संक्रमित थपिए

काठमाडौं, २५ असोज । विश्वमा एकै दिन ३ लाख ५२ हजार ३५८ कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा ५ हजार बढीले ज्यान गुमाएका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख ५० हजार ६७९ पुगेको छ । त्यस्तै अहिलेसम्म १० लाख ७७ हजार २१९ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनालाई २ करोड ८१ लाख २ हजार १७३ जनाले जितेका छन् । सक्रिय संक्रमितको संख्या ८२ लाख ७१ हजार २८७ छ ।

उनीहरुमध्ये ६८ हजार ६४१ जनाको अवस्था गम्भीर छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ७९ लाख ४५ हजार ४७५ जनामा संक्रमण फैलिएको छ ।

अहिलेसम्म २ लाख १९ हजार २८२ अमेरिकी नागरिकले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here