सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ असोज । सानिमा जनरल इन्स्योरेन्स आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो।

कम्पनीले बुधबारदेखि सर्वसाधारणको लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ ।

त्यस्तै १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here