कोरोना महामारी: नेपाल खराब सूचीको ४० औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं, २५ असोज । विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढ्ने क्रममा नै रहेको छ । त्यसको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ ।

लकडाउन र निषेधाज्ञले केहि नियन्त्रणमा रहेको कोरोना सबै क्षेत्र खुल्ला भएसँगै संक्रमित र मृत्यु हुने दरपनि थपिदै गएको हो । । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४० औं स्थानमा आइपुगेको छ।

शनिवार एकै दिन सबैभन्दा धेरै संख्यामा संक्रमितको पहिचान भएपछि नेपाल कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा खराब अवस्थामा गुज्रिरहेका विश्वका शीर्ष ४० मुलुकभित्र परेको हो । नेपालले ओमन, इजिप्ट, संयुक्त अरब इमिरेट्सलाई उछिन्दै खराब ४० भित्र स्थान बनाएको हो।

नेपालभन्दा अगाडि अब काजकास्थान कुवेत रहेका छन्। परीक्षणको दायर अहिलेकै अवस्थामा रहने र संक्रमित संख्या यसैगरी पहिचान हुने हो भने केही दिनमा नै नेपालले यी मुलुकहरुलाई सजिलै पछि पार्ने छ।

बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामका संक्रमितको संख्या आइतबारसम्म ७९ लाख ४५ हजार ५ सय ५ पुगेको छ। मृत्यु हुनेको संख्या २ लाख १९ हजार २ सय ८२ पुगेको छ ।

त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या ७० लाख ५३ हजार ८ सय ६ पुगेको छ भने मृतकको संख्या १ लाख ८ हजार ३ सय ७१ पुगेको छ ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख ९१ हजार ८ सय ४० पुगेको छ भने मृतकको संख्या १ लाख ५० हजार २ सय ३६ रहेको छ ।

सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा दोस्रो स्थानमा रहेको छ । पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको २३ औं स्थानमा रहेको छ । पाकिस्तान ३ लाख १८ हजार ९ सय ३२ जनामा कोरोना संक्रमण भएको छ भने ६ हजार ५ सय ७० जनाको मृत्यु भएको छ। ३ लाख ३ हजार ४ सय ५८ जना संक्रमण मुक्त भएका छन् ।

भुटान कोरोना प्रभावित देशहरुको सूचीको १८५ औं स्थानमा रहेको छ । भुटानमा ३ सय ६ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। २ सय ८७ जना संक्रमण मुक्त भएका छन् ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको १३३ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म ४ हजार ६ सय २८ जनालाई कोरोना संक्रमण भएको छ भने १३ जनाको मृत्यु भएको छ। ३ हजार ३ सय ६ जना संक्रमण मुक्त भएका छन् ।

बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको १६ औं स्थानमा रहेको छ त्यहाँ ३ लाख ७७ हजार ७३ जनालाई कोरोना संक्रमण भएको छ भने ५ हजार ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा २ लाख ९१ हजार ३ सय ६५ छ।

अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको ७२ औं स्थानमा रहेको छ । त्यहाँ ३९ हजार ७ सय ३ जनालाई कोरोना संक्रमण भएको छ भने १४ सय ७३ जनाको मृत्यु भएको छ। ३३ हजार ६४ जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको १०२ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या १० हजार ८ सय ५९ रहेको छ। मृत्यु हुनेको संख्या ३४ छ भने उपचारपछि निको हुनेको संख्या ९ हजार ६ सय ८३ पुगेको छ ।

नेपालमा नेपालमा १ लाख ५ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७४ हजार २ सय ५२ जना संक्रमणमुक्त भएका छन् भने ६ सय १४ जनाको मृत्यु भएको छ।

डाटास्रोत: वर्ल्डोमिटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here