नेकपाकै सांसदद्धारा कर्णालीका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आइतबार नेकपाका १८ जना सांसदहरुले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई उक्त प्रस्ताव बुझाएका हुन् । उनीहरुले प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here