दोहोरो अंकले घट्यो नेप्से, वित्त समूहबाहेक सबै परिसूचक ओरालो

काठमाडौं, २५ असोज । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलोदिन नेप्से आज १३.३७ अंकले घटेर १५७६.२७ विन्दुमा आइपुगेको छ ।

यसदिन १९३ कम्पनीको २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ । ९२ लाख ८१ हजार ४७८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये वित्त समूह बाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेका छन् । आज फाइनान्स समूहको परिसूचक १७.५० अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ८६.३७ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here