१८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री खुला, सोमबार बोलकबोल

काठमाडौं, २५ असोज । नेपाल राष्ट्र बैंकले नयाँ तीन अर्ब रुपैयाँसहित कुल १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले असोज २६ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्नेछ ।

३ अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउने क्रममा नयाँ बिक्री गर्न लागेको हो। नयाँ ट्रेजरी बिल ३६४ दिनको हुनेछ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको ५ अर्ब, ९१ दिने अवधिको ८ अर्ब, एक सय ८२ दिने अवधिको २ अर्ब २५ करोड र ३ सय ६४ दिने अवधिको ३ अर्ब रुपैयाँको रहेको छ ।

सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ कात्तिक २५ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुस २८ गते हुनेछ ।

एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि विसं २०७७ चैत्र ३१ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि विसं २०७८ साल असोज २६ गते रहेको छ ।

तीन अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउनको लागि बिक्री गर्न लागेको नेपाल राष्ट्र बैंकले बताएको छ।

नयाँ ट्रेजरी बिल ३६४ दिनको हुनेछ।चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो पहिलो ट्रेजरी बिल हो। यसअघि यही असोज १९ गते पनि राष्ट्र बैंकले २० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here