चिनियाँ पर्यटकले विच्याटमार्फत नेपालमा भुक्तानी गर्न सक्ने, एनएमबी बैंक र टेन्सेन्टवीच सम्झौता

काठमाडौं, २५ असोज । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी विच्याटबाट गर्न सक्ने भएका छन् ।

यसका लागि एनएमबी बैंक र चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडवीच सम्झौता भएको छ । विच्याट टेन्सेन्टको एक प्रडक्ट हो ।

यो सँगै एनएमबी विच्याट भुक्तानी सेवा प्रदान गर्र्ने देशको पहिलो र एकमात्र बैंक रहेको छ ।

टेन्सेन्ट होल्डिंग्ससंगको यस साझेदारीबाट बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बनेको छ ।

‘हामी १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा हामी खुशी छौं,’ बैंकले आइतबार जारी एक विज्ञप्तिमा भनेको छ ।

नयाँ सम्झौताले पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने बैंकले बताएको छ । यसले चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने उसको विश्वास छ ।

सम्बन्धितः

अशोक लेलैण्ड र एनएमबी बैंकबीच सम्झौता

एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

एनएमबीको ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा

एनएमबी बैंकको वित्तीय सूचकमा सुधार, वितरण योग्य नाफा १२ प्रतिशत बढ्यो

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here