पेन्सनका लागि ६/६ महिनामा बैंकमा उपस्थित हुनु नपर्ने, मंसिरसम्म स्वतह खाता सक्रिय रहने

काठमाडौं २५, असोज । पेन्सन प्राप्त गर्न सम्बन्धीत व्यक्ति स्वयम ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने अनिवार्य व्यवस्था हटेको छ । हाल कोरोनाको जोखिम उच्च रहेको भन्दै हाललाई अर्थमन्त्रालयले आइतबार सो निर्णय गरेको हो ।

सामान्य अवस्थामा निवृतिभरण प्राप्त गर्ने व्यक्ति हरेक ६/६ महिनामा स्वयम बैंकमा उपस्थित भइ पेन्सन पट्टा नविकरण गराउनु पर्ने व्यवस्था थियो ।

हालको विश्वव्यापी कोरोना महामारीको संक्रमणको कारणले निवृतिभरकहरु ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने व्यवस्था अनिवार्य नगर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ ।

हाललाई ०७७ मंसिरसम्म निवृतिभरण व्यवस्थापन कार्यालयमार्फत नै निवृत्तिभरण खाता सक्रिय गराइ रकम भुक्तानी लिनसक्ने व्यवस्था गराइएको मनत्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here