आइएमई पेको दशैं अफर, वालेटबाट भुक्तानी गर्दा ३० प्रतिशत क्यासब्याक

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू औषधी, तरकारी, फलफूल, लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरेकोे हो । यो अफर २५ असोजदेखि कात्तिक ७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here