सबै कम्पनीका सिलिण्डरको धरौटी मूल्य एउटै, उपभोक्ताले पाउने झन्झट कायमै

काठमाडौं, २६ असोज । एलपी ग्यास उद्योग संघले ग्यासको विक्रेतालाई ह्याण्डलिङ खर्च बापत एक सय रुपैयाँ दिने निर्णय गरेको छ ।

२५ औं वार्षिक साधारण सभाको असोज २८ गतेदेखि लागू हुनेगरि ह्याण्डलिङ खर्च बापत एक सय रुपैयाँ र सिलिण्डरको धरौटी मूल्य एउटै बनाउने निर्णय गरेको हो ।

यस निर्णय अनुसार सबै कम्पनीका सिलिण्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो नियम लागू हुनेछैन् ।

विभिन्न ब्रान्डले सिलिन्डरको फरक फरक मूल्य लिइरहेका बेला नेपाल एलपी ग्यास उत्पादक संघले समान मूल्य तोकेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ ।

समितिले उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन पनि अग्रह गरेको छ। रसिद नलिइएका सिलिन्डरहरुको जबफादेही तथा दायित्व उद्योगले नलिने पनि समितिले स्पष्ट पारेको छ।

तर कुन रिफिलरको हो भनेर सिलिण्डरमै प्रष्टसँग लोगो भए पछि फेरी रसिद माग्नु र रसिदविनाका सिलिण्डरको दायित्व नलिने भन्दै संघले गैरजिम्मेवारीपन देखाएको छ । यसले गर्दा उपभोत्ताले सिलिण्डर साट्दा पाउने झञ्झट भने निर्णयले कायमै राखेको छ ।