जनरल इन्स्योरेन्स सेयर मंगलबारदेखि कारोबारमा आउने, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं, २६ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर मंगलबारबाट कारोबार हुने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच सोमबार सूचीकरणसम्बन्धी सम्झौता भएसँगै कारोबारमा आउने भएको हो। कम्पनीले सोमबार सर्वसाधरणतर्फको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख गरी कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

कुनै पनि कम्पनीको सेयर सूचीकरण सम्झौता भएको भोलिपल्टदेखि मात्र दोस्रो बजारमा कारोबार हुने गर्छ।

पहिलो कारोबारको लागि नेप्सेले १०१ रुपैयाँ ७६ पैसा देखि ३०५ रुपैयाँ २८ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको छ। इन्स्योरेन्सलाई नेप्सेले जीआईसी स्टक टिकर प्रदान गरेको छ।

कम्पनीले ११ गतेदेखि १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा कुल ७ लाख ९४ हजार ५४६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर पाएका थिए भने ५ लाख २१ हजार ५४६ जनाको हात खालि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here