झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ९४ करोडको कारोबार

काठमाडौं, २६ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । सोमबार नेप्से १.७४ अंकले बढेर १५७८. १ विन्दुमा कायम भएको छ ।

यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

आज सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ७९.१२ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २८.३४ अंकले घटेको छ ।

आज लगानीकर्ता विकास बैंकको सेयरमा झुम्मिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here