थप ४०४७ जनामा कोरोना संक्रमण, १४७३ जना संक्रमणमुक्त

काठमाडौं, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ५३० जनाको पीसीआर परीक्षणमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्।