थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो

काठमाडौं, २६ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र २ महिलागरि थप ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंमा ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० वर्षीय पुरुष, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीमा ७४ वर्षीय पुरुषको रहेका छन् ।

योे सँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here