‘आईसीयू र भेन्टिलेटर अपुग भयो,आकस्मिक बाहेकको शल्यक्रिया नगर्नू’

काठमाडौं, २६ असोज । सरकारले काठमाडौँ उपत्‍यकाका सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका अन्‍य शल्यक्रिया नगर्न निर्देशन दिएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार ब्रिफिङमा बोल्दै लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको बताए ।

‘आकस्मिक बाहेकका नियमित शल्यक्रियाहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ उनले भने ।’

पछि पनि गर्न मिल्ने शल्यक्रिया सारेर आईसीयू र भेन्टिलेटर खाली राख्न प्रवक्ता गौतमले अनुरोध गरे। आवश्यक परे त्यहाँ कोरोना सङ्क्रमित बिरामीलाई राख्न सकियोस्।

स्वास्थ्य मन्त्रालयको अनुसार अहिले देशभर देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्। २७९ जनाको उपचार आईसीयूमा र ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा सबैभन्दा बढी बागमती अञ्चलमा रहेको छ ।

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत

त्यस्तै सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने बताएको हो।

काठमाडौंमा संक्रमितको संख्या दैनिक अरु ठाउँको भन्दा धेरै संख्यामा बढ्न थालेपछि सरकारले काठमाडौं केन्द्रित रणनीति तय गरेको हो। सरकारी अस्पतालमा भेन्टिलेटर र आइसीयु थपिने पनि सरकारले बताएको छ।

बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here