प्रभु मनि ट्रान्सफरको अफर: पैसा पठाउने र पाउनेलाई उपहारै उपहार

काठमाडौं, २७ असोज । प्रभू मनि ट्रान्सफरले ‘सुरक्षित मनाऔं महान पर्व, प्रभूको उपहारसँग’ स्किम सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना महामारीका बीचमा प्रभू मनि ट्रान्सफरले सुरक्षित ढंगले चाँडपर्व मनाउन आह्वान गर्दै विषम परिस्थितिमा पनि उपहार पाइने स्किम सार्वजनिक गरेको हो ।

यो योजनामा विदेशबाट रकम पठाउने र नेपालमा रकम पाउने दुवै पक्ष लाभान्वित हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो स्किममा ग्राहकले हरेक हप्ता ३२ इञ्चको टेलिभिजन सेटसहित प्रभू टिभी सेटअप बक्स पाउनेछन् ।

यस्तै, साथमा प्रभू क्यापिटलमा प्रभू बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभू पेमार्फत मोवाइल वालेटमा रु. ३० बराबरको टपअप र प्रभू डिजिटलबाट नेट र टिभीको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस प्राप्त गर्न सक्नेछन् ।

यो योजना अक्टोबार १५ देखि लागू भई नोभेम्बर २० सम्म रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here