सनराइज बैंक र जोन्ताक्लब काठमाडौंबीच अनलाईन शिक्षाको लागि सहकार्य

काठमाडौं, २७ असोज । सनराइज बैंकले दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ ।

बैंकले जोन्ता क्लब काठमाडौंलाई दरबार हाई स्कुलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको जनाएको छ ।

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्‍चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्‍चालन गर्दै आएका छन् ।

तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्‍चालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव छ । यसै कुरालाई मध्यनजर गर्दै बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकबाट प्राप्त भएको रकमले विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here