व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीलाई महासंघको आग्रह

काठमाडौं, २७ असोज । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गरी व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ।

महासंघले एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुन नहने र कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नभएको उल्लेख गरेको हो ।

कोरोना महामारीबीच नेपाली महान चाडपर्वहरु नजिकिँदै गर्दा बजारमा म्याद नाघेका अखाद्य तथा गुणस्तरहीन सामान बेचबिखन भइरहेका गुनासाहरु आउन थालेकोमा महासंघले ध्यान आर्कषण गराएको छ ।

यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान बिक्रीवितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा विक्री गरेको लगायतका प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण भएका महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न समेत महासंघले सरकारसँग जोडदार माग गरेको छ ।

कहिल्यै र कहीँकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही नहुने महासंघको ठहर छ। ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here