उद्योग वाणिज्य महासंघको निर्वाचन तीन स्थानमा, कुन पदको मतदान स्थल कहाँ ?

काठमाडौं, ३० असोज । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा पद अनुसार फरक फरक ठाउँमा मतदान हुने भएको छ ।

महासंघको निर्वाचन समितिले साधारसभा र निर्वाचनको तालिका बारे सूचना जारी गरेको हो । सूचना अनुसार उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि अनलाइनबाट शुरू हुनेछ ।

१२ गते बन्द सत्र हुने १३ गते निर्वाचन हुने महासंघले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुने सूचनामा उल्लेख गरेको छ।

बरिष्ठ उपाध्यक्षको निर्वाचनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीलाई मतदान स्थल तोकिएको जानकारी गराएको छ । त्यस्तै उपाध्यक्षहरुको निर्वाचन भने कार्की ब्याङक्वेट बबरमहलमा हुने भएको छ ।

अरु कार्यकारिणी सदस्यहरुको निर्वाचनका लागि भने महासंघको भवन टेकुलाई नै मतदान स्थल तोकिएको छ ।

जिल्ला नगरस्तरीय संघ र बस्तुगत संघले मुख्य प्रतिनिधिसहित २ जना र उम्मेद्वार खडा गर्ने जिल्ला नगरस्तरीय उद्योग वाणिज्य संघ र बस्तुगत संघले उम्मेदरवारसहित ३ जना प्रतिनिधि पठाउन सक्ने छन् । महासंघका केन्द्रीय कार्यसमितिको निर्वाचनम भाग लिन ४५० जना प्रतिनिधि काठमाडौं आउने छन् ।

महासंघको निर्वाचनका लागि बस्तुगत संघबाट १०१ जना भोटर रहेका छन भने जिल्ला प्रतिनिधिहरु १०६ जना भोटर रहेका छन् ।

सबैभन्दा बढी भोटर एसोसिएट्स तर्फ रहेका छन् । करिब २५०को हाराहारीमा एसोसिएट्स तर्फबाट भोटर रहेका छन् ।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here