२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको सहवित्तीयकरण

काठमाडौं, ३० असोज । कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गर्दैछ ।

यस परियोजनामा एनएमबि मुख्य लगानीकर्ता रहेको छ ।

आयोजनाको कुल लागत रु ५ अर्ब रहेको छ जसमध्ये बैंकहरुको लगानी कुल रु. ३ अर्ब ५० करोड हुनेछ ।

यो आयोजनासहित एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

सम्बन्धितः

१० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाबाट हर्जना लिन नपाउने

दोर्दीखोला जलविद्युतको २७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

नेपालमा ५ सय मेगावाटको जलविद्युत् आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता एनएमबी बैंक

तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here