शनिबार काठमाडौं र भक्तपुरका यी ठाउँमा बत्ती जाने

काठमाडौं, १ कात्तिक । भक्तपुरको थिमि, काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा बिजुली काटिने भएको हो ।

नेपाल विद्युत प्राधिकरणको अनुसार ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली कटौती गर्न लागेको हो ।

यस्तै बालाजु क्षेत्रमा वनस्थली, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा मर्मतका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

यस्तै ट्रान्सफर्मर जोड्न तथा रुख काट्न कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here