किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रको तीन घण्टा, फ्यानसँगै खिचाए तस्वीर

काठमाडौं । सार्वजनिक कार्यक्रममा कमै देखिने पूर्वराजा ज्ञानेन्द्र शाह गत शुक्रबार काठमाडौंको दरबारमार्ग स्थित किंग्स लाउन्जमा देखिए ।

पूर्वराजपरिवारका सदस्य तथा आफन्तसँग ह्याप्पी फ्राइडे मनाउन उनी त्यहाँ गएका थिए ।

शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले स्वागत तथा सम्मान प्रदान गरेका थिए ।

परिवार सहित शाह लाउन्जमा गएको भएपनि पूर्व युवराज पारस शाह भने उपस्थित थिएनन् । पूर्वराजपरिवारले लाउन्जमा ३ घण्टा बिताएको लाउन्ज स्रोतले बताएको छ ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायत झण्डै ४० जना आफन्तको साथमा लाउन्ज पुगेका पूर्वराजा शाह कोट पाईन्टको पहिरनमा हसिलो मुद्रामा देखिएका थिए ।

कार्यक्रममा शाह र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसँगै तस्वीर पनि खिचाए ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए ।

दरबारमार्गमा रहेको किंग्स लाउञ्जमा दिनहुँ जसो हाई प्रोफाइल सेलिब्रेटीहरु समेत संगितका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेको सञ्चालकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here