वायुसेवा निगम र पर्यटन बोर्डबीच पर्यटन प्रबर्द्धनमा सहकार्य गर्ने सम्झौता

काठमाडौं, २ कात्तिक । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता गरेका छन् । नेपालको पर्यटन प्रबर्द्धन गर्ने सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा निगमका महाप्रबन्ध डिमप्रसाद (प्रकाश) पौडेल र बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले हस्तारक्ष गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम र पर्यटन बोर्डबीच भएको यस सम्झौताले कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास निगमले गरेको छ ।

निगमले विगतदेखि नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा पर्यटन बोर्डसँगको सहकार्यले अझ थप हौसला प्रदान गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here