अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

काठमाडौं, ४ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा.प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्।

अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन्। त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए। श्रेष्ठ नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्।

कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको बागडोर समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here