एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं, ४ कात्तिक । एनआइसी एशिया बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने भएको छ। ४६० औं सञ्चालक समितिको बैठकले मंगलबार लाभांशको निर्णय गरेको हो।

बैंकले कुल लाभांशमध्ये हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने एक अर्ब ८४ करोड ६३ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशतले हुन आउने नौ करोड ७२ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्रबाट स्वीकृत भएर बैंकको आगामी २३औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । बैंकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई नगद र बोनस गरी २१ प्रतिशत लाभांश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here