महँगी बढ्यो, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

काठमाडौं, ५ कात्तिक । अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको तथ्यांक अनुसार गत गत वर्षको तुलनामा महँगी बढेको हो ।

२०७७ भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६८ प्रतिशत रहेको छ ।

२०७६ भदौको तुलनामा २०७७ भदौमा तरकारी एवम् दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६६ प्रतिशत, तराईमा ४.७१ प्रतिशत, पहाडमा ४.७३ प्रतिशत र हिमालमा ४.५१ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७६ भदौमा यी क्षेत्रहरुमा क्रमशः ७.९० प्रतिशत, ५.६९ प्रतिशत, ५.०९ प्रतिशत र ५.०२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here