निर्यात १०.५ प्रतिशतले वृद्धि, जुस लगायतको निर्यात घट्यो

काठमाडौं, ५ कात्तिक । आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई रु.२० अर्ब ४४ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here