शोधनान्तर ६७ अर्ब ६३ करोड रुपैयाँ बचतमा

काठमाडौं, ५ कात्तिक । शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/ ७८ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७प्रतिशतले कमी आई रु.१ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३प्रतिशतले वृद्धिभई रु.२ अर्ब ४४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ९८ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here