थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ जना डिस्चार्ज

काठमाडौं, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको २० हजार ११८ पीसीआर परीक्षणमा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here