उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

फाइलफोटो

काठमाडौं, ५ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

वर्तमान उपाध्यक्षसमेत रहेका ढकालले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा उम्मेदवारी दर्ता गराएका हुन् ।

साथै ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।

यसअघि नै ढकालको प्रतिष्पर्धीका रूपमा अर्का उपाध्यक्ष किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित छ ।

3 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here