दुई महिनामा १ खर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं, ५ कात्तिक । कोरोना महामारीकाबीच पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रुपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो ।

जसमा चालु आर्थिक वर्षको दुई महिनामा रेमिट्यान्स १ अर्ब ६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ८.१ प्रतिशतले बढी हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई रु.१८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here