निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.२ प्रतिशत

काठमाडौं, ६ कात्तिक । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म बैक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्र्जा ९.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ९.८ प्रतिशतले बढेको छ ।

मीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.५प्रतिशतलेरविकास बैंकहरुको कर्जा प्रवाह १.२प्रतिशतले बढेको छभने वित्त कम्पनीहरुको १.७ प्रतिशतले घटेको छ ।

२०७७ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.८ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७६ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.३ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.२प्रतिशतले रनिर्माण क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले घटेको छ ।

यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.८ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ४.७ प्रतिशतले बढेको छ ।

ओभरड्राफ्ट कर्जा १.३ प्रतिशतले,रियल टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.५प्रतिशतले,ट्रष्ट रिसिट (आयात) कर्जा ७.९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here