कामिरिता शेर्पाको नयाँ विश्व कीर्तिमान, सगरमाथाको २३ औं सफल आरोहण

काठमाडौं, १ जेठ । चर्चित आरोही कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका छन् ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका ४९ वर्षिय कामिरिताले २२ औं पटक सफल आरोहण गरेको आफ्नै रेकर्ड तोडेका हुन् ।

उनी बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्न सफल भएको उनकाे आरोहणकाे डकुमेन्ट्री बनाइरहेका विनाेद अधिकारीले जानकारी दिए ।

उनले यसअघि २२ पटक सगरमाथाको सफल आरोहण गरीसकेका छन् । आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सले पनि कामिरिताको सफल आरोहणको पुष्टि गर्दै यो राष्ट्रकै गौरवको विषय भएको बताए ।

उनले सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका थिए । सन् २००९, २०१० र २०१३ मा दुईदुईपटक सगरमाथाको सपल आरोहण गरेका थिए ।

सेभेन समिट ट्रेक्समा सिनियर आरोही गाइडको रुपमा कार्यरत शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन् ।

२३ पटक सगरमाथाको सफल आरोहण बाहेक उनले चोयु हिमाल ८ पटक, केटु, ल्होत्से र मनास्लु एक एक पटक गरी ८ हजार मिटर अग्ला हिमालको ३४ सफल आरोहण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here